आज थप १८१ जनामा कोरोना संक्रमण,२८९ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८७२ को परिक्षणमा १८१ संक्रमित थपिदा २८९ संक्रमित डिस्चार्ज भएका छन्।देशभरका प्रयोगशालाबाट ४ हजार ८३१ जनाको पीसीआर गर्दा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन परिक्षणमा ४८ गरी १८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै १८९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ८ हजार ८९२ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५७३ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्