थाहा पाउनुहाेस् आजकाे राशिफल

आजको पात्रो : ५ पुस, २०  डिसेम्बर । पौषकृष्णपक्ष प्रतिपदा तिथि, आद्रा नक्षत्र, शुभ योग, चन्द्रमा मिथुन राशिमा छ ।आज सूर्योदय बिहान ६ः५२ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

आज कौशिक नदीको संगममा मेला लाग्ने गर्छ । सोमबारलाई शिववार भनिन्छ । त्यसैले शिवालयमा दर्शन, पूजन र आरती हेर्नेको भीड लाग्छ । सोमबार देवादिदेव महादेवको प्रिय बार हो ।

आज बिहान ०८ः०८ देखि ९ः२६ सम्मको समय राहुकाल छ । ११ः४४ देखि १२ः०२ सम्म अभिजित मूर्हत हो । आजको देवता पार्वती र ग्रहदेव चन्द्र छ । त्यसैले आजको दिन पार्वतीको नाम स्मरणले मात्र मनमा शान्ति र सद्भाव प्राप्त हुनेछ । सोमबारका दिन गरिएको यात्रा सफल हुन्छ भन्ने मान्यता रहेको छ । 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  आजको दिन अर्थलाभ हुनेछ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्ने भएकाले  ध्यान दिनु होला । सकारात्मक सोच, चिन्तन र परोपरकारी सोचले तपाईँलाई फाइदा हुनेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  विगतमा गरेको कामबाट फल प्राप्ति हुनेछ । तर, मनमा निरासा  छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईँका लागि शुभ मानिन्छ । सकारात्मक सोचकाअनुसार सबैको भलो चिताएर काम गर्नु वेश हुनेछ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईँलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । चन्द्रमाको साथ रहेको छ । त्यसैले जे सोचेर काम गर्नुहुन्छ फल प्राप्त हुनेछ। सबैको भलो सोचेर काम गर्नुभयो भने तपाईको पनि भलो हुनेछ । सर्वजनहितायको भावनाले तपाईको उन्नती हुनेछ ।  

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा चिन्ता छाउन सक्छ ।  कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँको लागि हानी हुनेछ । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईँका संकट समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)  :  आजको दिन शुभ छ ।  तपाईँले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । आज कसैसँग विवाद नगर्नु नै बेस हुनेछ । शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । 
 
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  तपाईँले आजको दिन सुरु गरेका कामले सफलता प्राप्त गर्नेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईँलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । स्त्रिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।  
 
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  
आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । तपाईँले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ । सकारात्मक सोचका कारण मनमा खुसियाली छाउनेछ ।  
 
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा आज फलदायी हुनेछ ।  
 
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  अर्थलाभ हुने सम्भावना  छ । कसैलाई अर्थ सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : यात्राले मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । 
 
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  शिवालयको यात्रा र अध्ययनअध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवातले आजको दिन कुनै पनि शुभकर्म गर्नु उत्तम रहनेछ । साताका दिनमा नयाँ सफलता मिल्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्