धादिङमा आईतबार दुई हजार ९३६ ले मोडर्नाको पहिलो मात्रा लगाए

धादिङमा आईतबार १२ देखि १७ वर्ष उमेर समूहका २ हजार ९३६ जना विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन्।जिल्लामा आईतबारदेखी सुरु भएको खोप अभियानमा पहिलो चरण अन्तरगत ८ स्थानिय तह निलकण्ठ नगरपालिका, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती र सिद्धलेक गाउँपालिकाका १ हजार ५३९ जना छात्रा र १ हजार ३९७ छात्र गरी २ हजार ९३६ जना विद्यार्थीले मोर्डनाको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आईतबार एकै दिन नीलकण्ठमा ८१५, रुविभ्याली ५००, खनियावास २०४, गंगाजमुना ३४९, त्रिपुरासुन्दरी ४०३, ज्वालामुखी २३७ र नेत्रावती डवजोङमा ४२८ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

पहिलो चरणको अभियान पुस ८ गते सम्म सञ्चालन हुने छ भने दोश्रो चरणमा पुस ७ गतेदेखि ११ गते सम्म ५ स्थानिय तह धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संञ्चालन हुने स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।खोप कार्यक्रम सम्बन्धीत विद्यालय र ५२ स्वास्थ्य संस्थाबाट लगाईने उहाँले बताउनुभयो ।

यसैगरी पहिलो मात्रा लगाएका बालबालिकालाई माघको २ गतेदेखि ९ गतेसम्म दोश्रो मात्रा लगाईने खोप अधिकृत पोखरेलले बताउनुभयो।
वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।खोप अभियानमा सबैको पूर्ण सहभागीताको लागि खोप अधिकृत पोखरेलले आग्रह गर्नुभएको छ।

कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ। अभिभावकको अनुमति पर्खदा खोप अभियानमा असर पर्न सक्ने र विद्यार्थी छुट्न सक्ने सम्भावना रहेकाले तोकिएको उमेर पुगेका सबै विद्यार्थीलाई खोप दिन मन्त्रालयको आग्रह छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्