नेपालमा एक करोड २२ लाख ५१ हजार १८३ ले लगाए कोरोनाविरुद्धको खोप

गत २४ घण्टामा झण्डै साढे २ लाख जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा नेपालमा दुई लाख ४७ हजार आठ सय १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

योसँगै नेपालमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड २२ लाख ५१ हजार एक सय ८३ जना र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९७ लाख ३७ हजार तीन सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा खोप आएकोमा दुई करोड १९ लाख ८८ हजार पाँच सय १६ मात्रा खोप प्रयोग भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्