नेत्रावती डबजोङ गाउँपालिकामा लामा धुप बनाउने तालिम सम्पन्न

नेत्रावती डबजोङ गाउँपालिकामा लामा धुप बनाउने तालिम सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजना तथा ग्रामीण दिगो विकास सेवा प्रालिको सहयोगमा शुक्रबारदेखी शुरु भएको ५ दिने तालिम मंगलबार सम्पन्न भएको हो।

May be an image of 12 people, people sitting and people standing

१५ जना सहभागी तालिमको मंगलबार एक कार्यक्रमका बिच प्रविधि हस्तान्तरण तथा प्रमाणपत्र वितरण सहित समापन गरिएको ग्रामीण दिगो विकास सेवा प्रालिका प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

May be an image of 3 people and people standing

गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेल लगाएतको आतिथ्य रहेको थियो ।

May be an image of 6 people and people standing
May be an image of 3 people and people standing

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्