लागूऔषध पोल्याण्ड सहित गल्छीका तामाङ पक्राउ

मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीबाट २ केजी अवैध लागूऔषध पोल्याण्ड सहित धादिङका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका वडा नं ५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङ रहेका छन्।

मंगलबार दिउँसो महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले प्रदेश ३–०२–०१४ प ७०१८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्