चुलीमा खानेपानी आयोजनाको शिलान्यास:एक घर एक धारो बनाएरै छोड्ने अध्यक्ष कृष्णहरी श्रेष्ठको प्रतिबद्धता

खानेपानीको चरम समस्या रहेको गल्छी गाउँपालिका वडा नम्बर ८ चुलीमा खानेपानी आयोजना सुरु भएको छ ।सदियौँदेखी खानेपानीको चरम समस्या झेल्दै आएका चुलीका नागरिकहरु अहिले खानेपानी आयोजना सुरु भएपछि खुसि भएका छन् ।धेरै पटक राज्य व्यावस्था फेरिए पनि त्यस चुलीका नागरिकहरुले थाप्लोमा नाम्लो लगाएर पानी बोक्ने अवस्था भने फेरिएको थिएन ।खानोपनीको समस्या भएपछि त्यस क्षेत्रका नागरिकहरु बसाई सराई गर्ने र बस्तुभाउ पनि कम पाल्न थालेका थिए ।तर अहिले घरघरमा धारो आउनेभएपछि त्यस क्षेत्रका नागरिकहरु भने खुसि भएका छन्।

No description available.

चुली नयागाउँ डाँडागाऊँ खानेपानीको शिलान्यास भएपछि वडा नम्बर ८ को  कोटथोक,टारगाउँ,रातडाँडा,नेपालथोक,नयाँगाउँ,डाँडागाउँ र लुमेथुम्कोका १ सय २० घरधुरीका नागरिकहरु लाभान्वित हुनेछन्।अहिले चुलीको कोटथोक,रातडाँडा,टारगाउ,नेपाल थोक र लुमेथुम्काको क्षेत्रमा खानेपानीको काम गरिने भएको छ ।क्रमागत रुपमा डाँडागाउँ र नयाँगाउँमा पनि एक घर एक धारो अभियान अन्तरगतनै काम हुने भएको छ।तत्काल खानेपानीको चरम समस्या भोगिरहका क्षेत्रमा काम गर्न लागिएको हो ।

गाउँपालिकाको २२ लाख लागतमा मुहानमा २० हजार लिटर र लिफ्टिङ गरेर मुहानमाथि ३० हजार लिटरको ट्याङकीको गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सिनाले शिलान्यास गर्नुभएको खानेपानी आयोजनाका अध्यक्ष भरत थापाले जानकारी दिनुभयो।ट्याङकी शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले आफुले जसरी भएपनि त्यस क्षेत्रका नागरिकहरुलाई खानेपानी पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।

आफु जनताको सेवक भएर काम गर्ने भन्दै खानेपानी आयोजनाको लागि पैसाको अभाव हुन नदिने पनि बताउनुभयो ।चुली,नयाँगाउँ,डाँडागाउँ क्षेत्रमा सदियौदेखी खानेपानीको समस्या भएको भन्दै उहाँले अब आफ्नो पालामै एक घर एक धारो बनाउने पनि बताउनुभएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले गाउँपालिकाले खानेपानीको क्षेत्रमा विगतदेखीनै काम गर्दै आईरहेको भन्दै अब यस क्षेत्रमा पनि एक घर एक धारो अभियान अन्तरगत गाउँपालिकाले काम गर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष भरत तामाङ,वडा सदस्य राजकुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्