धादिङका दिलमान पाख्रिन कांग्रेसको आदिवासी जनजाति केन्द्रीय सदस्यमा विजयी

नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा धादिङका दिलमान पाख्रिन विजयी हुनुभएको छ।नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्व कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री समेत रहनुभएका पाख्रिन कांग्रेस महाधिवेशनमा अत्यधिक मत ल्याएर जनजातितर्फको खुला केन्द्रीय सदस्यमा विजयी हुनु भएको हो।

८ जना निर्वाचित हुने सो क्लष्टरमा गोरखाका चिनकाजी श्रेष्ठले सर्वाधिक मत पाउनु भएको छ । श्रेष्ठसहित ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।

यो क्लष्टरबाट राज्यमन्त्री उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ .संखुवासभा) र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

निर्वाचित ८ जना मध्ये टेकप्रसादमात्रै कोइराला प्यानलका हुन् ।आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ भने नवौं स्थानमा रहँदै पराजित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्