आगिन्चोकमा अस्थायी प्रहरी पोष्ट स्थापना

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।बिहिबार प्रहरी सहायक निरिक्षकको कमाण्डमा ५ प्रहरी सहितको नफ्रीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमख प्रहरी उपरिक्षक राकेश सिंहको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा त्रिपुरासुन्दरी गा.पा. वडा नं. ६ का वडा अध्यक्ष लेख बहादुर अधिकारी, सुन्दरी मा.वि.का.प्रधानाध्यापक खड्क प्रसाद बुर्लाकोटी, समाज सेवी तिलक रुवाली र राजन बुर्लाकोटी लगायत स्थानियबासीहरुको सहभागिता रहेको थियो।तस्विर जिल्ला प्रहरी कार्यालय धादिङ

May be an image of 9 people, people sitting, people standing and outdoors
May be an image of 8 people, people standing and outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्