नेत्रावती डबजोङमा पालिका स्तरिय हाजिरी जवाफमा कुण्डलादेबी मावि प्रथम

नेत्रावती डबजोङ गाउपालिकामा पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

बिहिबार नेत्रावती डबजोङ गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं ५ कटुञ्जे स्थित  नारायणीदेवी आधारभुत बिद्यालयको प्राङ्गणमा आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

गाउँपालिकाका १४ वटा बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा कुण्डलादेवी मावि प्रथम, महेन्द्र वाराहि मावि द्धित्तिय र नारायणीदेवी आवि तृतिय भएका छन्।

कार्यक्रममा गाउपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष उर्मिला तामाङ गुरुङ,प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेल र सामाजिक विकास समितिका संयोजक तथा वडा नं ५ का वडाध्यक्ष डम्वर अधिकारीको बिशेष आतिथ्यता रहको थियो।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्