सुन्दरी माविको भौतिक विकास तथा आईसिटी ल्याव सन्चालनमा सहयोग गर्छु:बाँनिया

आगिन्चोकमा रहेको सुन्दरी माध्यमिक विद्यालयको भौतिक विकास तथा आईसिटी ल्याव सन्चालनमा सहयोग गर्ने नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बाँनियाले बताउनुभएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ स्थित सुन्दरी माध्यमिक विद्यालयको ६० औँ बार्षिकोत्सव एवं अभिभावक दिवसलाई सम्बोधन गर्दै बाँनियाले विद्यालयको भौतिक विकास तथा ल्याव सन्चालनको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

No description available.

कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएको बाँनियाले आईसीटी ल्याव सन्चालन गर्नको लागि आवश्यक पर्ने १५ लाख, विद्यालयको रङ्रोगन, घेराबार लगायत शैक्षिक गुणस्तरको लागि आवश्यक पर्ने प्राविधिक सामाग्रीहरु पनि सहयोग गर्ने बताउनुभएको छ ।त्यस क्षेत्रका सडक, खानेपानी र शिक्षा क्षेत्रको विकासको लागि योजना बनाएर प्रदेशमा आउनको लागि समेत आग्रह गर्नुभएको छ ।

गठबन्धनको सरकार रहेको भन्दै उहाँले माघ महिनाबाट केहि रकम बिनियोजन गरेर काम सुरुगर्ने समेत स्पष्ट पार्नुभएको छ ।१८ महिने जेटिए कक्षालाई ३ बर्षे कोर्ष बनाउनको लागि समेत आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ ।यसैगरी कार्यक्रममा बिशेष अतिथी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले आगिन्चोकको विकासको लागि आफुले सक्दो सहयोग गरेको बताउनुभएको छ ।

No description available.

आफु मेयर नभएको बेलामा पनि आगिन्चोकमा ठुला ठुला खानेपानी आयोजना सम्पन्न गरेर घरघरमा धारो पुर्याएको भन्दै ढुंगानाले आफुले नीलकण्ठ नगरपालिका मात्र नभई जिल्लाभर विकासको गतिविधिलाई अघि बढाएको बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाँनियाको प्रमुख आतिथ्य रहेको थियो ।

No description available.

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर ढुंगाना, नेपाली काँग्रेसका महासमिति सदस्य तिलक प्रसाद रुवालीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापा, खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, उपाध्यक्ष देवी पाण्डे(बुर्लाकोटी), प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर खतिवडा, नेपाली काँग्रेसका नेता शम्भुसिंह ठकुरी, युवा नेता दिपक कोईराला, गोपि भण्डारी लगायतको आतिथ्य रहेको थियो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्