धादिङमा १२ हजार ८१९ मतदाता थपिए,छुटेकाले निर्वाचन कार्यालय र प्रशासनबाट दर्ता गर्न सकिने

धादिङ,०९ पुस।
धादिङमा १२ हजार ८१९ जना मतदाता थपिएका छन् ।गत मंसिर १७ देखि पुस ८ गतेसम्म निर्वाचन कार्यालय धादिङले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलनका क्रममा बिहिबार अन्तिम दिन १ हजार ५५७ जनाले नामावलीमा नाम दर्ता गराएसँगै जिल्लामा १२ हजार ८१९ जना मतदाता थपिएको धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो।

जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट नामावली संकलन भएको थियो। पहिलो चरण अन्तरगत मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा मतदाता नामावली संकलन कार्य संचालन भएको थियो ।

पहिलो चरणमा ५ हजार ४०२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।त्यस्तै दोस्रो चरण अन्तरगत मंसिर २७ देखी पुस ८ गतेसम्म सात वटा स्थानिय तह थाक्रे, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, गल्छी, नेत्रावती डबजोङ र खनियाबास गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो।

दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो।

नामावली दर्ता जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलय धादिङ्ग मा नियमित रुपमा सञ्चालन भईरहेको र यो दर्ता कार्यक्रम निर्वाचनको मिति घोषणा नहुन्जेल सम्म हुने भएकोले समयमै आफ्नो मताधिकार सुरक्षित गर्न हुन निर्वाचन कार्यलयले अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्