बालबालिका कोरोना विरुद्धको खोप,धादिङमा २५ हजार ६९८ विद्यार्थीले लगाए

धादिङमा पाँच दिनको अवधीमा १२ देखि १७ वर्ष उमेर समूहका २५ हजार ६९८ विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन्।

जिल्लामा आईतबारदेखी सुरु भएको खोप अभियानमा पहिलो चरण अन्तरगत बिहिबार मात्रै २ हजार ९४७ जना छात्रा र २ हजार ६३४ छात्र गरी ५ हजार ५८१ ले मोर्डनाको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

बुधबार ७ हजार १३७ ले लगाएका थिए।पहिलो चरण अन्तरगत जिल्लाको निलकण्ठ नगरपालिका, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती र सिद्धलेक गाउँपालिकामा अभियान सकिएको छ।

यस्तै दोश्रो चरण अन्तरगत ५ स्थानिय तह धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान जारी रहेको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।

दोस्रो चरणको अभियान पुस ११ गते सम्म सञ्चालन हुने छ ।खोप कार्यक्रम सम्बन्धीत विद्यालय र ५२ स्वास्थ्य संस्थाबाट लगाईने उहाँले बताउनुभयो ।

यसैगरी पहिलो मात्रा लगाएका बालबालिकालाई माघको २ गतेदेखि ९ गतेसम्म दोश्रो मात्रा लगाईने खोप अधिकृत पोखरेलले बताउनुभयो।
वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।खोप अभियानमा सबैको पूर्ण सहभागीताको लागि खोप अधिकृत पोखरेलले आग्रह गर्नुभएको छ।तस्विर रविना दगांल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्