गल्छीमा स्कारपियो र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

धादिङको गल्छी गाउँपालिका–७ बैरेनी बजारमा स्कारपियो र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बैरेनी बजारमा बा.१३ च ८१०९ नम्बरको स्कारपियो र बा.३९ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका–२ का २५ वर्षीय सुरेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका घलानको अम्भे भरोषा अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो।

स्कारपियो र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भई ना.७ ख २९ नम्बरको ट्रकले समेत मोटरसाइकललाई ठक्कर दिएको थियो।स्कारपियो र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्