नेत्रावती डबजोङ गाउँपालिकाको दशौ गाउँ सभा सम्पन्न

नेत्रावती डबजोङ गाउपालिकाको दशौ गाउँ सभा सम्पन्न भएको छ । शनिबार ३ करोड बजेट बिनियोजन गर्दै गाउपालिकाले दशौँ गाउसभा तथा पांचौ हिउदे सभा सम्पन्न गरेको हो ।

नेत्रावती डबजोङ पहिलो निर्वाचित जनप्रतिनिधिहरुको अन्तिम गाउँ सभा गर्ने जिल्लाको पहिलो पालिका भएको छ । हालसम्म अन्य स्थानिय तहहरुले हिउँदे सभा सुरु गरेका छैनन् ।

गाउपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको गाउ सभामा गाउपालिकाका उपाध्यक्ष उर्मिला तामाङ गुरुङले बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउसभाले गाउपालिकामा कार्यरत करारका कर्मचारीहरुको आगामी असार मसान्त सम्म म्याद थप गर्ने समेत निर्णय गरेको छ ।सडक, खानेपानी, ढल निकास, कृषि लगाएतका महत्वपुर्ण तथा अधुरा योजनाको लागी बजेट बिनियोजन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर पौडेलले बताउनु भयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्