धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्षमा पुनः प्रकाश पौडेल

धादिङ सिर्जना प्रतिष्ठानको बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ ।

शनिबार निलकण्ठ मा.बि.को हलमा सम्पन्न भएको धादिङ सिर्जना प्रतिष्ठानको सिर्जनामय साधारण सभा तथा अधिबेशन बाट प्रकाश पौडेल पुनःअध्यक्षमा निर्वाचित हुनुभएको छ।

समितिको उपाध्यक्षमा सिर्जना अर्याल सचिबमा नवराज सापकोटा, सह सचिवमा अपिल कोईराला र कोषाध्यक्षमा सुस्मा नेपाल चयन हुनुभएको छ। त्यस्तै कार्यसमितिको सदस्यहरुमा सुरेश अर्याल, शिरिषा नेपाल, युवराज पाठक, रोजन श्रेष्ठ, अमृत अधिकारी, धन बहादुर श्रेष्ठ, नेत्रराज गुरुङ, रोशन कोईराला, पुजा थापा र मनिषा लामिछाने चयन भएका छन् ।

धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र संस्कृतिको उन्नयन भन्ने नारालाई आत्मसाथ गर्दै स्थापित धादिङ सिर्जना प्रतिष्ठानले भाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिको क्षेत्रमा कार्य गर्दै आएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्