माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय

आइतवारबाट शुरु हुने नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ ।

शनिवार साँझ बसेको पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताउनुभयो ।स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

ऐतिहासिक महाधिवेशन नामाकरण गरिए पनि यसलाई कुन महाधिवेशन भन्ने टुंगो लागेको छैन ।माओवादीको केन्द्रीय कमिटी बैठक आइतवार विहान ८ बजे बस्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्