धादिङबेशीमा नमुना मतदान

धादिङ,१४ कात्तिक ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले धादिङबेशीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्धेश्यले निलकण्ठ माध्यमिक विद्यालयमा नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनु भयो ।

नमुना मतदान कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फको छुट्टाछुट्टै मतपत्र प्रदान गरि पालैपालो मतदान गरिएको थियो । निर्वाचनमा मत बदर हुने भएका कारण मतदाता शिक्षा प्रदान गरि नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनु भयो ।

प्रतिनिधी सभा सदस्य प्रत्यक्ष तर्फ ३१५ मत खसेको थियो जसमा ३८ मत बदर भएको थियो । प्रदेश सभा सदस्य निर्वाचन तर्फ खसेको ३१५ मत मध्ये २८ मत बदर भएको थियो । यसैगरी प्रतिनिधी सभा सदस्य निर्वाचन (समानुपातीक) तर्फ खसेको ३१५ मत मध्ये २९ मत बदर भएको छ भने प्रदेश सभा सदस्य निर्वाचन तर्फ खसेका ३१५ मत मध्ये ३७ मत बदर भएको थियो ।

No description available.

नमुना मतदान कार्यक्रममा प्रत्यक्षतर्फको प्रतिनिधी सभा सदस्यको लागि भएको मतदान सबै भन्दा बढी बदर भएको थियो । कार्यक्रममा नमनुा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निलकण्ठ बहुमुखी क्यापसको शिक्षक तथा बिधार्थीहरुको सहभागिता रहेको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्