धादिङको सलाङघाटमा निःशुल्क मुटु रोग शिविर

धादिङ १२,मंसिर । बेनिघाट रोराङ गाउपालिका वडा न ३ मा रहेको सलाङघाट आधारभूत स्वास्थ्य चौकीमा निःशूल्क मुटुरोग शिविर सम्पन्न भएको छ ।

रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयोजना, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौं र बेनीघाट रोराङ वडा नं. ३ को सहआयोजना तथा आशा प्रोजेक्ट र फ्रेम्स अफ नेपाल न्यू जर्सीको सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा एक सय चौहत्तर जना चेपाङ समुदायका व्यक्त्तिहरूको निः शूल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरको क्रममा मुटु रोगीहरूलाई ECg, ECO लगायत निः शूल्क औषधि समेत वितरण गरिएको थियो । यसका साथै, उक्त स्वास्थ्य चौकीमा रोटरी क्लबले सात वटा ह्विलचेयर पनि प्रदान गरेको छ । केही जटिल प्रकारका मुटु रोगीहरूलाई काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रिफर गरिएको र उनीहरूको निः शूल्क उपचार गर्ने आयोजक संस्थाले जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्