प्रथम त्रिपुरासुन्दरी गोल्डकपको उपाधि गणेशस्थान युवा क्लवलाई

धादिङ १२,मंसिर । त्रिपुरासुन्दरीमाई मेलाको अवसरमा आयोजित प्रथम त्रिपुरासुन्दरी गोल्डकपको उपाधि गणेशस्थान युवा क्लवले पाएको छ ।

त्रिपुरासुन्दरी गाउपालिका वडा न ६ हाँसेपसलमा खेलमैदानमा यहि मंसीर ७ गते देखि सुरु भएको प्रथम त्रिपुरासुन्दरी गोल्डकपको उपाधी सुनपोखरी युनाईटेडलाई पराजित गर्दै गणेशस्थान युवा क्लवले जितेको हो ।
प्रथम गोल्ड कप जिते संगै गणेशस्थान युवा क्लवले पुरस्कार स्वरुप नगद १ लाख ३३ हजार ३३३ प्राप्त गरे भने उपविजेता सुनपोखरीले नगद ६० हजार ६६६ रुपैयाँ पाएको छ । प्रथम त्रिपुरासुन्दरी गोल्डकपको आयोजना गणेशस्थान युवा क्लवले नै गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्