धादिङमा थपिए ४ जना डेंगी संक्रमित

धादिङ,१९ मंसिर ।
धादिङमा आज ४ जना डेंगीका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका ३ जना, ज्वालामुखी गाउँपालिकाका १ जना गरी ४ जना संक्रमित थपिएका हुन् ।

योसंगै जिल्लामा साउन यता १ हजार ३५९ जना महिला र १ हजार १७४ जना पुरुष गरी २ हजार ५३३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ ।
नीलकण्ठ नगरपालिकामा १ हजार ५८०, बेनिघाट रोराङमा १३९, गल्छीमा १३२, गजुरीमा १२०, धुनिबेशीमा ९४, त्रिपुरासुन्दरीमा ८१ जनामा डेंगी संक्रमण भएको छ ।

यस्तै सिद्धलेकमा ८८, ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८, नेत्रावती डवजोङमा १५, रुवीभ्यालीमा १४ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्