नेत्रावतीमा महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मान कार्यक्रम

धादिङ । नेत्रावती डवजोङ गाउपालिकामा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा अन्तरक्रिया सहित पालिकामा कार्यरत स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गरिएको छ । जेष्ठ महिला स्वास्थ्य स्वयसेविका गंगाअधिकारीको अध्यक्ष तथा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गाउपालिका भित्र रहेका २८ जना महिला स्वास्थ्य स्वयसेविका मध्ये कार्यक्रममा २१ जनाको उपस्थिति रहेको थियो ।
दिवसकै अवसर पारेर गाउपालिकामा कार्यरत १८ दिने सुत्केरी महिला स्वास्थ्य स्वयंसेविका मंगली तामाङलाई पोषण सामाग्री हस्तान्तरण गरिएको छ । नेत्रावती डवजोङ गाउपालिका वडा न ३ का वडा अध्यक्ष शुरेश वाईवा तामाङ र स्वास्थ्य शाखामा कार्यरत कमचारी तथा वडा सचिव सुनिता लामा थोकरले घरमा नै पुगी सम्मान सहित उक्त पोषण सामाग्री प्रदान गर्नु भएको हो ।
दिवसकै अवसरमा गाउपालिकाका सभाहलमा आयोजित कार्यक्रममा मतदाता शिक्षामा खटिएका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई नगद रु १०,०००। का दरले कार्यक्रमका प्रमुख अतिथि हरेराम शाहले प्रदान गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले इमान्दारिता र आफ्नो कर्तब्यमा कन्जुस्याई नगरीकन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काममा लाग्न आग्रह गर्नु भएको छ । उहाँले महिला स्वास्थ्य स्वयसेविकाहरुको कामको आधारमा सेवा सुविधा बढाउदै लैजाने समेत बताउनु भएको छ ।

त्यसैगरी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेलले महिला स्वास्थ्य स्वयं सेविकाहरुले आमा समुहको बैठक राख्नुपर्ने,गर्भवती तथा सुत्केरी महिलाहरुलाई नियमित रुपमा स्वास्थ्य संस्थामा जांच गराउन भन्नुपर्ने,घरमा सुत्केरी सुन्य बनाउन अहम भुमिका खेल्नुपर्ने,सवै बच्चाहरुको लागी पुर्ण खोपको सुनिश्चितता गर्नुपर्ने,सुत्केरी तथा गर्भवतीहरुलाई समय समयमा स्वास्थ्य संस्थामा जांच गराउनको लागी मोवाईल बाट SMS पठाउनुपर्ने कुरामा जोड दिनु भएको छ । उहाँले नेपाल सरकारले हाल स्वास्थ्य स्वयसेविकाहरुले गर्नेे उपचारहरुलाई खुम्चाएता पनि स्वास्थ्य स्वयं सेविकाहरुको भुमिका अहम हुने बताएका छन्

२०४५ साल देखि स्वास्थ्य स्वयंसेविकाको अवधारण आएको र सुरुमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रचार प्रसार गर्न, जनचेतना फैलाउन,नुन चिनी पानी बनाउने तरिका सिकाउने हेतुले राखिएको थियो । नुन चिनी पानी बनाएर खुवाउदा प्रतिकुल असर देखिएकोले जीवनजलको अवधारण आएको र जीवन जल बनाउने तरिका सिकाउन महिला स्वास्थ्य स्वयं सेविकाहरु गाउँ गाउँमा जाने गरेका थिए । २०५८ साल देखि ६ महिना देखि ५ बर्ष सम्मको बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि महिला स्वास्थ्य स्वयंसेविका मार्फत नै हाल सम्म बितरण हुदै आएको छ । २०७२ सालको भुकम्प पछि उनिहरुले बालभिटा समेत खुवाउँदै आएका छन् । स्वयं सेविकाहरुले गर्भवती तथा सुत्केरी महिलाहरुलाई आइरन चक्की,जुकाको औषधी, सुत्केरीलाई भिटामिन ए खुवाउन र बच्चाहरुको निमुनियाको उपचार,स्वास द्धार गन्ने र झाडापखाला लागि हालेमा जिङ्क चक्की र जीवनजल खुवाउने गरेका छन् ।

२०४५ सालमा नियुत्ती भएका अधिकांश स्वास्थ्य स्वयं सेविकाहरु ६० बर्ष कटेकाले हाल अधिकांश नया स्वास्थ्य स्वयं सेविकाहरु सेवामा लागी रहेका छन् । हाल धादिङ जिल्लामा ४६३ जना महिला स्वास्थ्य स्वयं सेविका रहेको र जस मध्ये २८ जना नेत्रावती डवजोङमा कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्ण बद्री पौडेलले बताउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्