नीलकण्ठका थप ४ जनामा डेंगी संक्रमण

धादिङ,२३ मंसिर ।
नीलकण्ठ नगरपालिकाका थप ४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । शुक्रबार नीलकण्ठका ३ जना पुरुष र १ जना महिला गरी ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नीलकण्ठ नगरपालिकामा डेंगी संक्रमित हुनेको संख्या १ हजार ५८७ पुगेको छ ।

यस्तै गत साउन यता जिल्लामा १ हजार ३६१ जना पुरुष र १ हजार १७९ जना महिला गरी २ हजार ५४० जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। संक्रमित मध्ये सबै भन्दा धेरै नीलकण्ठ नगरपालिकाका रहेका छन् भने सबै भन्दा कम खनियावास गाउँपालिकाका रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्