शिक्षक आवश्यकता सम्बन्धि सुचना

प्रकाशित मिति :२०७९/०८/१६
प्रस्तुत बिषयमा यस विद्यालयको वि.ब्य.स.को मिति २०७९।०६।०६ गतेको निर्णय तथा नेत्रावती डवजोङ गाउँ कार्यपालिकाको मिति २०७९।८।१५को पत्र संख्या ३६३ अनुसार यस मंगलादेवी माध्यामिक विद्यालयमा अग्रेजी विषयको नि.मा.वि. राहत अनुदान पदमा प्रक्रिया पु¥याई एक नि.मा.वि. तहको शिक्षक करारमा नियुक्ती गर्नु भन्ने अनुमती प्राप्त भएकोले तपशिलमा उल्लेखित कागजात सहित ईच्छुक उम्मेद्वारहरुले दरखास्त दिनुहुन यो १५ दिनको बिज्ञापन गरिएको छ । समय भित्र नआईपुगेको तथा रितपुर्वक नभएका दरखास्त उपर कुनै सुनुवाई हुने छैन ।
तपशिल
विज्ञापन न : १/२०७९/०८०
पद : नि.मा.वि राहत
बिषयः अंग्रेजी विषय
पद संख्याः १ (एक)
न्यनतम योग्यता : प्रविणता प्रमाणपत्र तह अंग्रेजी बिषय (माथिल्लो योग्यतालाई प्राथमिकता दिईने छ )
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु
शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
अध्यापन अनुमति पत्रको प्रतिलिपि
परिक्षाको किसिम : लिखित,अन्तरवार्ता वा आवश्यकता अनुसार प्रयोगात्मक
परिक्षाको विषयबस्तु : शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुसार
उमेर : १८ बर्ष पुराभई ४० बर्ष ननाघेको
तलब स्केल : नेपाल सरकारले तोके बमोजिम
तलब स्केल : रु १५००।– (एक हजार पांच सय मात्र)
दरखास्त पेश गर्ने अन्तिम मिति : २०७९।८।३० गते
दरखास्त पेश गर्ने स्थान : श्री मंगलादेवी मा.वि. नेत्रावती डवजोङ–१ बोराङ, धादिङ
परिक्षा मिति : सम्पर्क मितिमा तोकिनेछ ।
पुनश्च : म्याद नाघी आएको र प्रक्रिया पुरा नगरि आएको निवेदन उपर कुनै सुनुवाई हुने छैन ।
सम्पर्क : ९८४३०५९३५०,९८४९०६१८३७,९८६१९१२७३८

प्रधानाध्यापक
श्री मंगलादेवी मा. वि.
नेत्रावती डबजोङ गा.पा. १, बोराङ, धादिङ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्