निर्वाचन आचारसंहिता आजदेखि निष्कृय

काठमाडौँ, २६ मङ्सिर ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० बमोजिम गत असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्