कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम पुस १५ सम्म भर्ना पाइने

काठमाडौं,२६ मंसिर ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । कार्यालयको अनुसार शैक्षिक सत्र २०७९/ ८० मा भर्ना भएका विद्यार्थीहरूले पुस १५ गते नियमित शुल्क बुझाएर र दोब्बर दस्तुर सहित पुस मसान्तसम्म फाराम बुझाउन सक्नेछन् ।

रजिष्ट्रेसन आवेदन सहित प्रति विद्यार्थी ४ सय पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र बिलम्ब शुल्क सहित (८ सय) का दरले रकम जम्मा गर्नुपर्ने कार्यालयले सूचना जारी गरेको हो ।

सम्बन्धित विद्यालयले माघ १५ बैँक भौचर र रजिष्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्