धादिङको ज्वालामुखीमा विद्यालय सुधारका निमित्त कार्यशाला

धादिङ । ज्वालामुखी गाउँपालिकामा विद्यालय सुधार, योजना निर्माण तथा विद्यालय ब्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।गाउपालिका भित्रका शैक्षिक सुधारका लागी पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरु बिच चार दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठिमा विद्यालय सुधार योजना निर्माणमा सरोकार पक्षको भूमिका, विद्यालयको समग्र व्यवस्थापनमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँपालिका भित्रका शैक्षिक सुधारको लागी आफु प्रतिवद्ध रहेको बताउदै गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरु इमान्दर भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले युग सुहाउँदो शिक्षा दिनुपर्ने आजको आवश्यकतालाई हामीले भुल्न नहुने बताउँदै आफ्नो दायित्वलाई सबै पक्षले बुझ्नु जरुरी रहेको बताउनु भएको छ ।
जुपिटर नेपालले प्राविधिक सहयोगमा भएको चार दिने कार्यशालामा धनन्जयशर्मा अधिकारी, चुडामणि सुवेदी, रमेश सुवेदी, सुमन पण्डित, देवकी सिखडा लगायतले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्