मन्त्रालयका सचिव पण्डित द्धारा रुवीभ्यालीको सडक अनुगमन

धादिङ । बागमती प्रदेशका सरकारका भौतिक पूर्वाधार मन्त्रालयका सचिव श्री शंकर पण्डितले रुबिभ्याली गाउँ पालिकाको निर्माणाधिन सडकहरुको अनुगमन गर्नु भएको छ ।

रुवीभ्याली गाउपालिकाको निमन्त्रणमा आउनुभएका सचिव शंकर पण्डितको टोलीले पालिका भित्र बिभिन्न स्थानमा रहेको निर्माणाधिन सडकहरुको अनुगमन गर्नुभएको हो । उहाँले सोहि अवसर पारेर बागमती प्रदेश सरकारले रुबिभ्याली गाउपालिकालाई प्रदेश गौरबको आयोजनाको रुपमा बिकास गर्न बिनियोजित रु १० करोड के कसरी कुन बिषयलाई प्राथमिकता दिने भन्ने बिषयमा पालिकसंग छलफल समेत गर्नुभएको थियो । उहाँले रुवीभ्याली गाउपालिकाको बिकासमा आफ्नो पनि चिन्ता र चासो रहेको समेत बताउनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्