बाल परामर्श सम्बन्धि एक दिने कार्यशाला सम्पन्न

धादिङ,२७ मंसिर ।
धादिङको धार्केमा श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला  सम्पन्न भएको छ । शनिबार बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले १ दिने कार्यशाला गरिएको हो ।

धादिङ जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ जना बालबालिकाहरुको सहभागीतामा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा बालश्रम तथा बाल कामका सम्बन्धमा बालबालिकाहरुले भोगिरहेका समस्या र नेपाल कानुनमा भएको व्यवस्थाहरुको बारेमा जीवनको एक दिन ,शरीरको नक्शाङ्कन र बालबालिकाहरुको जिवनमा घटेको अविष्मरणीय घटनाको चित्र र श्रमिक बालबालिकाहरुको जिवनस्तर सहज बनाउन प्रभाव पार्ने व्यक्तिहरुको भुमिका अौजार बिधिबाट सहजकर्ताद्वय सुनिता कडेल र गोबिन्द बिडारी सहजिकरण गर्नु भएको थियो ।

कार्यशालाले बालबालिकाहरुको शारीरिक ,मानसिक तथा सामाजिक रुपमा आईपर्न सक्ने क्षमताको विकास भएको कार्यक्रम सहभागी बिपना बिक,ज्योति बुढामगर ,हरि बिक लगायतका बालबालिकाहरुको भनाइ रहेको थियो । कार्यक्रम चाईल्ड नेपाल तथा आसमान नेपालको आर्थिक सहयोग तथा प्रयास नेपाल धादिङको आयोजनामा सम्पन्न भएको धार्केबाट गोबिन्द बिडारीले जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्