नेपाल नगरपालिका संघको अध्यक्षमा भीम प्रसाद ढुंगाना निर्वाचित

धादिङ । नेपाल नगरपालिका संघको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका भीम प्रसाद ढुंगाना निर्वाचित हुनु भएको छ । काठमाडौँमा सम्पन्न ८ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा ढुंगाना दलिय सहमतीमा सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् ।

ढुंगानाको नेतृत्वमा ४४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।संघका उपाध्यक्षमा चौतारा साँगा चोकगढी नगरपालिकाकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, महासचिवमा घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपमहासचिवमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता ढंगोल, कोषाध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राई र सह कोषाध्यक्षमा हेटौंडा उप महानगरपलिकाका प्रमुख मीना कुमारी लामा निर्वाचित हुनुभएको छ ।

निर्वाचित भइसकेपछि घोषणा सभालाई सम्बोधन गर्दै नव निर्वाचित नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले संविधानले दिएको हक अधिकारलाई अक्षरंस पालना गर्नका निमित्त लागि पर्ने बताउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्