प्रथम सल्यानटार गोल्ड कप २०७९ हुँदै

धादिङ । जिल्ला स्तरीय प्रथम सल्यानटार गोल्ड कप–२०७९ हुने भएको छ । माघेसंक्रान्तिको अवसर पारेर त्रिपुरासुन्दरी युवा समाजको आयोजनामा प्रथम सल्यानटार गोल्ड कप हुने भएको हो ।

धादिङ भित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आगामी पौष २६ गतेदेखि खेल सुरु गर्ने जानकारी गराइएको छ । माघ १ गतेसम्म संचालन हुने गोल्ड कपमा त्रिपुरासुन्दरी गाउँपालिका भित्रका स्कुल नृत्य प्रतियोगिता ,राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजक प्रभु खड्काले जानकारी गराएका छन् । धादिङ जिल्लाभन्दा बाहिरका खेलाडीहरु तथा अन्य प्रतियोगीहरु भने समावेश हुन नपाइने भनिएको छ ।

फुटबल प्रतियोगितामा सहभागी भएर प्रथम हुने टोलीलाई रु एक लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने टिमलाई रु ६६ हजार ६ सय ६६ रको पुरस्कार राशि राखिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्