धादिङ महोत्सवमा संघका सदस्यलाई निशुल्क गेटपास

धादिङ । धादिङ उद्योग बाणिज्य संघ द्धारा आयोजित आठौ धादिङ महोत्सवमा संघका सदस्यहरुलाई महोत्सव अवलोकनका लागी निशुल्क गेटपासको ब्यवस्था गरिएको छ । धादिङबेशी स्थित खुल्लामन्चमा जारी महोत्सवमा आफ्ना संघका सदस्यहरुले महोत्सव अवलोकन गरुन भन्ने उदेश्यले धादिङ उद्योग बाणिज्य संघले एक दिनको लागी निशुल्क गेटपासको ब्यवस्था गरेको हो ।

धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु प्रसाद थपलियाले एक सुचना जारी गर्दै उक्त बिषयको जानकारी दिएका हुन् । अध्यक्ष थपलिया द्धारा हस्ताक्षरित सुचनामा गेटपासका लागी संघका सचिवहरु निर्पेश न्योपाने,अर्जुन सापकोटा र रमेश त्रिपाठीलाई भेट गर्न समेत आग्रह गरेका छन् । पुस ७ गते देखि सुरु भएको धादिङ महोत्सव पुस १७ गते सम्म संचालन हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्