साना किसान कृषि सहकारी संस्था लि.ज्यामरुङको साधारण सभा सम्पन्न

धादिङ । साना किसान कृषि सहकारी संस्था लि.ज्यामरुङको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार नीलकण्ठ नगरपालिका वडा न ११ ज्यामरुङ संस्थाका अध्यक्ष मोतिराम पाठकको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गनाले अव सहकारीहरुलाई उत्पादनको आधारमा नगरपालिकाले अनुदान दिने बताउनु भएको हो । उहाँले साना किसान सहकारीको अधुरो रहेको भवन निर्माण गर्नेको लागि नगरपालिकाले ५ लाख सहयोग गर्ने बताउदै वडामा भएको समस्याहरु खुलेर आफुलाई राख्न आग्रह गर्नु भएको छ ।

साना किसान कृषि सहकारी संस्था लि।को १६ औ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष मोतिराम पाठक तथा लेखा सुपरीवेक्षण समितिका संयोजक चन्द्र बहादर लम्साल द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ ।
सहकारी संस्थाले किसान सदस्यहरुको हितलाई ध्यानमा राखी सदस्य हितकोष स्थापना गरि कार्यबिधि समेत तयार गरी लागु गर्ने,किसान सदस्यहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजार सम्म लैजाने,१८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुलाई नया समुह गठन गर्ने, ७० बर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई जेष्ठ शेयर सदस्य घोषणा गरि मासिक १००० बृद्ध भत्ता दिन शुरु गर्ने,संस्थाको कार्यक्षेत्र भित्र अहिले सम्म कृषि औजार नपाएको टोललाई पहिचान गरि मिनि टेलर लगाएत कृषि औजार ५० प्रतिशत अनुदानमा प्रदान गर्ने जस्ता नितिहरु लिएको छ ।
संस्थाको आव २०७८।०७९ मा १ करोड ४८ लाख २७ हजार ९०० शेयर पुजी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्