धादिङमा पोल्ट्री व्यवसायलाई सचेतना

धादिङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले दशौं राष्ट्रिय पोल्ट्रि दिवस सप्ताहब्यापी कार्यक्रम अन्तरर्गत हिजो पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर ४ र ७ को केही ब्रोइलर तथा लेयर्स फर्ममा पुगी कृषकहरुलाई जैविक सुरक्षा सम्बन्धी सचेतना गराई चुन तथा औषधि वितरण गरिएको हो । सोहि अवसर पारेर पंछी रोगको सर्भिलेन्स कार्य सञ्चालन गरि रानीखेत, गम्बोरो र Avian influenza रोगको Rapid Diagnostic test Kit द्वारा परीक्षण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा. सन्दिप सिलवालले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्