सन्दिप स्याम्चेन नयाँ म्हेन्दोमाया गित “ल्होछार खजी” सार्वजनिक (भिडियो सहित)

धादिङ । धादिङका चर्चित कलाकार तथा नीलकण्ठ एफ.एम.का कार्यक्रम प्रस्तोता सन्दिप स्याम्चेन तामाङ र नव गायिका सन्जु लामाको ल्होछार खजी तामाङ म्हेन्दोमाया गित सार्वजनिक भएको छ ।

सन्जु लामाको अफिसियल यु टुब च्यानल मार्फत उक्त भिडियो सहतिको गित सार्वजनिक भएको हो । नजिकिदै गरेको सोनाम ल्होछार लाई लक्षित गर्दै तमु ल्होछारको अवसार पारेर उक्त गित सार्वजनिक गरिएको थियो । सन्दिप स्याम्चेन र सन्जु लामाको शब्द / स्वररहेको उक्त गितमा लय अनि संगीत संयोजन राजु खड्काले गरेका छन् । अभिनयमा धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ लगाएत एम. बि.गुरुङ, सन्जु लामा,माया थोकरले गर्नु भएको छ ।

गितले तामाङहरुको कला संस्कृतिलाई सदैव जोगाइ राख्न बच्चै बालक देखि पुर्खा सम्म आफ्नै भाषा भेषभुषा रहन सहन रितिरिवाज जोगाइ राख्न पर्छ भन्ने मुख्य सन्देश दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्