मेलमिलाप दिवसमा काँग्रेसको चियापान

धादिङ । नेपाली काँग्रेस धादिङले चियापान कार्यक्रम आयोजना गरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।
नेपाली काँग्रेस धादिङका सभापती एंव प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीको संयोजनमा सोमबार ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित उक्त कार्यक्रममा वक्ताहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम र नेपाली कांग्रेसको भविष्यबारे आ आफ्नो धारणा राखेका थिए । नेपाली काँग्रेस धादिङको कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ता, विभिन्न, भातृसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्