पाँच करोडको कारोबार गर्दै सकियो आठौं धादिङ महोत्सव

धादिङ । आठौं धादिङ महोत्सव पाँच करोड बराबरको कारोबार गर्दै सकिएको छ । महोत्सव मुल आयोजक समितिका सयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाका अनुसार महोत्सवमा फेन्सी तथा लत्ताकपडा, होटल व्यवसाय, कृषिजन्य उत्पादन लगायतको व्यापारबाट पाँच करोड बराबरको कारोबार भएको हो ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको थियो । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने जवाङको सुन्तला महोत्सवको आकर्षण बनेको थियो। यस बर्षका महोत्सवमा स्थानिय उत्पादनले बजार पाएको थियो

पुष ७ गतेबाट सदरमुकाम धादिङबेसीमा जारी महोत्सवको आइतबार भव्य समारोहसहित समापन गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद रामनाथ अधिकारीले धादिङको विकास र समृद्धिको लागि उद्योग धन्दाको विकास, कृषिजन्य उत्पादन र पर्यटकीय क्षेत्रको प्रचारमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । महोत्सवले स्थानीय उत्पादनको बिक्रि वितरण तथा बजारीकरणमा टेवा पुग्ने भन्दै अधिकारीले आगामी दिनमा पनि यस्ता मेला तथा महोत्सवहरुको आयोजना गर्न उद्योग वाणिज्य संघले नेतृत्व गरिरहन आग्रह गरे ।

महोत्सवमा राखिएका स्थानीय उत्पादनले धादिङलाई चिनाएको छ । अधिकारीले भने– रुविभ्यालीको रुवि, जवाङको सुन्तला, सल्यानटारको मास, खरीको पिँडालु, कृषि जन्य उत्पादन, गलैंचा, जडिबुटी तथा धादिङका उत्पादनहरुको विक्री तथा बजारीकरणमा सहयोग पुगेको महशुस भएको छ ।’

कार्यक्रममा बागमती प्रदेशका सांसद गोविन्द लम्साल, स्थानीय सरकारका प्रमुखहरु, राजनीतिक दल र संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले महोत्सवले जिल्लाको विकास र समृद्धिमा टेवा पुगेको बताएका थिए ।महोत्सवमा स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्