महोत्सवमा राखिएका उत्पादनले धादिङलाई चिनाएको छ : सांसद रामनाथ अधिकारी

धादिङ १७ पुस । धादिङ महोत्सवमा राखिएका उत्पादनले धादिङलाई चिनाएको छ संघिय सांसद रामनाथ अधिकारीले बताउनु भएको छ । उहाँले धादिङ महोत्सवको समापन समारोह बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाँले बुढीगण्डकी आयोजना निर्माण चरणमा लैजान र रुविभ्यालीको तिप्लिङमा मोटर चढेर जानसक्ने परिस्थिति बनाउन धादिङ उद्योग वाणिज्य संघको संकल्प रहेको समेत बताउनु भएको छ । धादिङ उद्योग वाणिज्य संघले राखेको संकल्प अनुरुप आठौं धादिङ महोत्सवले पनि धादिङको लागि केहि न केहि गर्नुपर्नेमा जोड दिदै उत्तरी धादिङको रुविभ्यालीमा सडक संजाल पुग्दा धादिङको विकासको ढोका खुल्ने र त्यसका लागि सङ्गै सहयात्रा गर्न तयार रहेको बताउनु भएको छ ।

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको विगतका महोत्सवहरुबाट पनि धादिङको विकास तथा पर्यटन प्रवर्धनमा ठुलो योगदान पुगेको उहाँको भनाई छ । उहाँले विगतका महोत्सवले त्रिशुली वारी र पारी रहेको धादिङलाई पक्की पुलहरुको निर्माण गर्ने तथा अन्य विकासका योजना ल्याएर धादिङ जिल्लालाई एकीकृत बनाएको समेत बताउनु भएको छ ।

आठौं धादिङ महोत्सवले स्थानीय उत्पादनको बिक्रि वितरण तथा बजारीकरण भएको समेत बताउनु भएको थियो। महोत्सवमा राखिएका धादिङका उत्पादनले धादिङलाई चिनाएको छ । रुविभ्यालीको रुवि, जवाङको सुन्तला, सल्यानटारको मास, खरीको पिँडालु, कृषि जन्य उत्पादन, गलैंचा, जडिबुटी तथा धादिङका उत्पादनहरुको विक्री बितरण तथा बजारीकरण भएको उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्