धादिङको मैदीकोटमा साँस्कृतिक कार्यक्रम संगै गोरु जुधाउने कार्यक्रम हुँदै

धादिङ । ज्वालामुखी गाउपालिका वडा न ३ मैदीकोटमा माघेसक्रान्तीको अवसरमा चौथो खड्गदेवी सास्कृतिक उत्सव तथा गोरु जुधाउने कार्यक्रम हुने भएको छ । मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समितिको आयोजनामा यहि पुस ३० गते देखि माघ १ गते सम्म बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

पृथ्वीनारायण शाहको ब्रतबन्ध स्थल ऐतिहासिक मैदिकोटको प्रसार प्रसार तथा पर्यटन प्रवर्धनमा समेत टेवा पुगोस भनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने र गोरु जुधाई प्रतियोगिता समेत संचालन हुने मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समितिका प्रचार प्रसार समितिका राजेन्द्र श्रेष्ठले बताउनु भयो ।
उक्त दिन गोरु जुधाई कार्यक्रममा सहभागिताको लागी पौष २९ गते सम्म गोरुको नाम दर्ता गराई सक्नुपर्ने र प्रथम हुने गोरुलाई उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले बताएका छन् ।
ज्वालामुखी गाउपालिकाको प्रायोजन तथा खड्गदेवी युवा क्लवको सह आयोजनामा कार्यक्रम संचालन हुन लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्