बुढीगण्डकी जलविद्युत् आयोजनाको बिषयमा संघिय सांसद अधिकारी द्धारा छलफल

धादिङ  । धादिङ क्षेत्र नं २ का सांसद रामनाथ अधिकारीले निर्वाचित भएपछि जनचासो रुपमा रहेको जलशाययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनालाई निकै चासोका साथ लिनुभएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यकारी अधिकृत जगत श्रेष्ठसंग आज धादिङबेसीमा भएको भेटमा आयोजनाबाट प्रभावित नागरिकहरूसंग प्रत्यक्ष जोडिएका विषयहरूमाथीे छलफल गर्नुभएको हो ।

छलफलको क्रममा आयोजनाको प्रभावित नागरिकको गुनासोे संबोधन गर्न स्थानीय स्तरमै “नागरिकसंग प्रत्यक्ष संवाद“ कार्यक्रम छिट्टै संचालन गरिने सांसद अधिकारीले बताउनुभयो । त्यसैगरी आयोजनाको निर्माण कार्य तत्काल प्रारम्भ गर्न केन्द्रीय सरकारले नै आवश्यक निर्णय गर्नुपर्ने भएकोले उक्त निर्णय गराउनको लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन आफ्नोे पहिलो प्राथमिकता रहेको सांसद अधिकारीले बताउनुभयो ।

जलविद्युत आयोजनाबाट वितरण भएको घरगोठ एवं बोटबिरुवाको मुआब्जा वितरणमा देखिएको समस्याको समाधान कसरी गर्ने र स्थानीय स्तरमै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिनुपर्ने लगायतको विषयमा छलफल भएको थियो । त्यसैगरी आयोजनाबाट पुर्णरुपमा बिस्थापित नागरिकहरूलाई उनिहरूको भावना अनुसार मुस्कान सहितको पुनर्स्थापना र पुनर्वास कार्यक्रमको ठोस कार्ययोजनाको सार्वजनिक कहिले गर्न सकिन्छ रु र, राष्ट्रिय गौरवको आयोजना मध्यको यस परियोजनाको वातावरण, मुआब्जा वितरण र पुनर्वास कार्यको हालसम्मको प्रगति कस्तो रहेको छ र, यसको निर्माण कार्य तत्कालै प्रारम्भ गर्नको लागि नीतिगतरुपमा के–के गर्नुपर्ने छ भन्ने लगायतको विषयमा छलफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्