युनाइटेड सिमेन्टले १६ करोड १९ लाख ४१ हजार ८ सय १९ रुपैंया बिद्युत महशुल तिर्नुपर्ने

धादिङ । युनाइटेड सिमेन्ट प्रा।लि।ले नेपाल विद्युत प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रुपैंया विद्युत महशुल तिर्नुपर्ने धादिङ जिल्ला अदालतले ठहर गरेको छ । सिमेन्ट उद्योगले विद्युत खपत गरेवापतको रकम प्राधिकरणलाई तिर्नुपर्ने धादिङ जिल्ला अदालतका न्यायधिस स्वीकृति पराजुलीको इजलासले आइतबार फैसला सुनाएको हो ।

धादिङको धुनिबेसी नगरपालिकास्थित जुगेडीमा संचालित सिमेन्ट उद्योगले लोड सेडिङको समयमा ट्रङ्क लाइनबाट जोडिएको विद्युत महशुल छुट पाउनुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणको विरुद्ध धादिङ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

जिल्ला अदालतमा मुद्धा दायर गर्नुपूर्व उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो तर, उच्च अदालतका तत्कालिन मुख्य न्यायधिस नहकुल सुवेदी र न्यायधिक टेकनारायण कुवरको इजलासबाट प्राधिकरणसँग सम्बन्धित निकायमा दावी नगरी सिधै उच्च अदालत आएको भन्दै उत्प्रेषणको आदेशबाट रिट बदर भएको थियो । २०७३ भदौदेखि २०७५ चैतसम्म टङङ्क लाइन तथा डेडिकेटेड महशुल तिर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले ठहर गरी महशुल चुक्ता गर्न आग्रह गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्