धादिङ, ०९ माघ ।
खनियाबास गाउँपालिकामा व्यवसायिक बाख्रा पालन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । खनियाबास उद्यमशिलता विकास परियोजना अन्र्तगत व्यवसायिक बाख्रा पालन सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको हो ।
अघिल्लो आर्थिक वर्षमा उद्यमशिलता विकास तालिम लिएर व्यवसाय छनोट गर्नुभएका ५० जना कृषकलाई उक्त तालिम दिइएको हो । उक्त बाख्रा पालन सम्बन्धी ७ दिने सीप विकास तालिममा खनियाबास गाउँपालिका वडा नं.२,३ र ५ का कृषकहरुको सहभागिता रहेको थियो ।