मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवको अवसरमा २१ जना द्धारा रक्तदान

धादिङ,२१ माघ ।
मलेखु टिचिङ हस्पिटल प्रा.लि को छैटौँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गजुरी गाउँपालिका–२ स्थित हस्पिटल परिसरमा भएको रक्तदान कार्यक्रममा १८ जना पुरुष र ३ जना महिला गरी २१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

मलेखु टिचिङ हस्पिटल प्रा.लि को आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्