गंगाजमुना गाउँपालिकामा दुई दिने बाख्रा पालन तालिम सम्पन्न

धादिङ,०१ फागुन ।
गंगाजमुना गाउँपालिकामा बाख्रा पालन तालिम तथा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ नेत्रहिन संघको आयोजना तथा गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनस्र्थापना (सिबिआर) कार्यक्रम अन्तरगत अपाङगता भएका व्यक्तिहरुका लागि २ दिने बाख्रा पालन तालिम आईतबार सम्पन्न भएको हो ।

तालिममा गाउँपालिकाका भित्र रहेका ७ वटै वडाका २४ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । अपाङ्गता भएका व्यक्तिको जीविको पार्जनमा सहयोग पु¥याउने उद्धेश्यले तालिममा सहभागी २४ जनालाई १/१ वटा बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

तालिममा गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख निरन्जना चौधरीले बाख्रा पालन, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लाम , उपाध्यक्ष रामेश्वर सिम्खडा, वडा अध्यक्षहरु, अपाङ्गता भएका व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्