त्रिपुरासुन्दरीमा इलेक्ट्रोनिक्स तथा एसी फ्रीज मर्मत तालिम आजदेखि सुरु

धादिङ,०१ फागुन ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा इलेक्ट्रोनिक्स तथा एसी फ्रीज मर्मत तालिम आजदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजनामा ४५ दिने इलेक्ट्रोनिक्स तथा एसी फ्रीज तालिम सुरु भएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनु भयो ।

बेरोजगार युवाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाकाका अध्यक्ष उप्रेतीले बताउनु भयो । सिप सिकि आत्मनिर्भर बन्न र स्वरोजगारी बनाउने उद्धेश्यले गाउँपालिकाले इलेक्ट्रोनिक्स सामाग्रीहरु मर्मत सम्भार तालिम संचालन गरेको हो ।

गाउँ मा बरोजगारी बढ्दै गएपछि युवाहरुलाई लक्षित गरी स्वरोजगारी बनाउने उद्धेश्यले पालिकाले विभिन्न सिप मुलक तालिमहरु संचालन गर्दै आइरहेको छ । आजदेखि सुरु भएको तालिममा गाउँपालिका भित्रका १६ जनाको सहभागिता रहेको सुचना अधिकारी सुरेश रिजालले जानकारी दिनुभयो ।

तलिम उद्घाटन समारोहमा गाउँपालिकाकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, सम्पूर्ण वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्