धादिङबेसीमा विपद जोखिम न्युनीकरण तथा व्यावस्थापन स्थानीयकरण सम्बन्धी तालिम सुरु

धादिङको नीलकण्ठ नगरपालिकामा विपद जोखिम न्युनीकरण तथा व्यावस्थापन स्थानीयकरण सम्बन्धी तिन दिने तालिम आजदेखी सुरु भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजना र युएसआईडी तयार नेपाल विपद जोखिम व्यावस्थापन परियोजनाको सहकार्यमा तालिमको आयोजना गरीएको सुधा रिमालले जानकारी दिनुभएको छ ।

नगरपालिकामा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन क्षमता अभिबृद्धि भई विपद् व्यावस्थापनलाई संस्थागत गर्ने तथा स्थानीय बजेट तथा योजना तर्जुमाद्वारा विपद् व्यवस्थापन गर्ने उदेश्यले तालिमको आयोजना गरीएको हो ।

No description available.

नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त,नीलकण्ठ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तुलबहादुर महत,सामाजिक विकास अधिकृत बिजय भक्त उपाध्य त्रिपाठी लगायतको आतिथ्य रहेको थियो।

बिपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्नको लागि धादिङको नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबिच मितेरी सम्बन्ध रहेको जनस्वास्थ्य अधिकृत तथा विपद् फोकल पर्सन विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो ।

No description available.

गोरखाबाट तालिममा आउनुभएका नगर प्रमुख सहितको टोलीलाई नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा जनस्वास्थ्य अधिकृत तथा विपद् फोकल पर्सन विष्णु प्रसाद रिजाले नीलकण्ठ नगरपालिकाको विपद् व्यावस्थापनको हालसम्मको अवस्था र गरेको कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

No description available.

तालिमको पहिलो दिन आज प्रशिक्षकहरु संगिता राना,कृष्णा कार्की र बिनोद दराईले तयार नेपालको परिचय,बिपद् जोखिम न्युनीकरण तथा व्यावस्थापन सम्बन्धि शब्दावली र यसको चक्रबारे बुझाई के हो?विपद् सुशासनका प्रावधानहरु लगायतका विषयका सहजिकरण गर्नुभएको थियो ।तालिममा नीलकण्ठ नगरपालिकाको वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,सामाजिक विकास शाखाका सदस्य लगायतको सहभागिता रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्