अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा मिन्दुका मावि प्रथम

धादिङको सिद्धलेक गाउँपालिकामा माध्यमिक तहको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं ७ स्थित सत्यवती माध्यमिक विद्यालय आदमटारमा सम्पन्न भएको प्रतियोगितामा १२ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा वडा नम्बर १ मा रहेको मिन्दुका मावि प्रथम, वडा नम्बर ७ को सत्यवती मावि द्धितिय, वडा नम्बर ७ कै महाकाली मावि तृतिय र वडा नं २ को नलाङ पात्ले मावि सान्त्वना भएको गाउँपालिकाका शैक्षिक सहजकर्ता बलराम अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने विद्यालका विद्यार्थीहरुलाई क्रमश १० हजार ५ सय, ७ हजार ५ सय, ४ हजार ५ सय र ३ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको अधिकारीले बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य तथा वडा नं ७ का वडाध्यक्ष लक्ष्मण खतिवडाको विशेष आतिथ्यता रहेको थियो।

यसैगरी सोमबार आधारभुत तहको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १५ ओटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा वडा नम्बर ४ को जलेश्वरी मावि प्रथम, वडा नम्बर ३ को अमर आदर्श मावि द्धितिय, वडा नम्बर ७ को महाकाली मावि तृतिय र सत्यवती मावि सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका विद्यालका विद्यार्थीहरुलाई क्रमश ७ हजार ५ सय, ५ हजार १ सय, ३ हजार, २ हजार ४ सय नगद सहित मेडल, शिल्ड र प्रमाणपत्रबाट पुरस्कृत गरीएको सहजकर्ता बलराम अधिकारीले जानकारी दिनुभयो ।

सिद्धलेक गाउँपालिकाका शिक्षा अधिकृत प्रविन बाबु भट्टराईको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्माको प्रमुख आतिथ्य र वडा नं ७ का वडाध्यक्ष लक्ष्मण खतिवडाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न गरीएको अधिकारीले बताउनुभयो।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्