राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा मगर निर्विरोध चयन

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी चेली गायिका रिता थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ । धादिङवेशींमा भएको ८ औं केन्द्रिय महाधिबेशन बाट रिता थापा मगर सर्वसहमत केन्द्रिय अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

निर्वीरोध निर्वाचित प्रतिष्ठानको नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा गायक पशुपती शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा सुवास केसी, दिपक खड्का, राधिका हमाल, महासचिवमा शिव हमाल, उपमहासचिवमा हरि डाँगी, शिरिष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना रहेका छन् ।

त्यसैगरी लुम्बिनी सचिवमा दिपक गजोरा मगर,सुदुर पश्चिम सचिवमा नविन सिँह थामी,उपत्यका सचिवमा प्रकाश सपुत,कर्णाली सचिवमा उत्तम शर्मा,विदेश सचिवमा रामकृष्ण वम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल,सांगठनिक सचिवमा पिएन सापकोटा,सांगठनिक सह सचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा रामकुमार रायमाझी,बिदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सह सचिवमा सीता राना,सह कोषाध्यक्ष महिलामा जुना श्रीष जैकली,मधेश सदस्यमा कृष्ण प्रसाद गौतम,सुदुर पश्चिम सदस्यमा पदम बहादुर थामी,उप समन्वयमा तिलक परियार र कर्णाली सदस्यमा राजकुमार खत्री निर्विरोध निर्वाचित हुनुभएको हो ।

सर्वसम्मत नभएका पदहरुको भने मतदान गराउने निर्वाचन समितिले जनाएको छ । गठित समितिको कार्यकाल तिन बर्षको हुने छ । यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय नर्या कार्यसमिति चयन गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्