धादिङका डम्बर तामाङ सहित राप्रपाका मन्त्रिहरुले दिए राजिनामा

हेटौंडा । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् । धादिङका डम्बर तामाङ सहित राप्रपाका मन्त्रिहरुले केन्द्रिय निर्णय अनुसार राजिनामा दिएका हुन् ।

शनिबार राति ८ः३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका छन् ।
संयुक्त रुपमा बुझाइएको राजीनामा पत्रमा भनिएको छ, ‘हालै विकसित राजनैतिक घटना क्रमका कारण हामी तीनै जना मन्त्रीहरुले संयुक्तरुपमा राजिनामा पेश गर्दछौं । हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले यस तपाईंको नेतृत्वमा रहेको सरकारलाई दिंदै आएको समर्थनसमेत आजैका मितिबाट फिर्ता लिएको जानकारी गराउँदछौं ।

बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री थिए ।शनिबार दिउँसो संघमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री फिर्ता बोलाएको थियो । संघका मन्त्रीले पनि शनिबार नै राजीनामा दिइसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्