थाक्रे–७ जुँगेखोलामा ८९ जनाले गरे रक्तदान

धादिङ,१६
सरस्वती सेवा केन्द्र स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

थाक्रे गाउँपालिका–७ जुँगेखोला स्थित सेवा केन्द्र कार्यालयमा भएको रक्तदान कार्यक्रममा ६९ जना पुरुष र २० जना महिला गरी ८९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हाईवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तथा धादिङ जेसिसको सहयोगमा भएको कार्यक्रममा रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्